२८४८औँ सोनाम ल्होछार (डुग) ओमानमा पनि भव्यताको साथ सम्पन्न भएको छ । मस्कटको रुवी स्थित ग्रीन हाउस रेष्टुरेन्टमा पहिलो पटक सोनाम ल्होछार मनाईएको हो । तामाङ सभ्यता, संस्कृति र जातिय पहिचानलाई लाई संरक्षण, संवर्धन र प्रवर्धन गर्ने उद्येश्यको साथ सोनाम ल्होछार मनाईएको कार्यक्रमका संयोजक ओम्कार स्यांगतान्ले बताए । उक्त कार्यक्रममा ओमानमा भएका विभिन्न व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो । फूर्वा सेर्पा र अन्जु पाख्रिनले सञ्चालन गरेको सो कार्यक्रम बेलुकी ५ बजे समापन भएको थियो ।

कार्यक्रम संयोजक ओम्कार स्यांगतान्को अनुसार कार्यक्रम सोचे भन्दा सफल रहेको बताए । आफ्नो संस्कृतिलाई विदेशमा पनि जीवन्त राख्न ल्होछार मनाईनुपर्छ भनी प्रस्ताव ल्याउने राजेश वाइबा आगामी बर्ष यसलाई अझ राम्रो संग मनाईने बताए । कार्यक्रमलाई सफल बनाउन सहयोग भूमिका निर्वाह गर्नेहरुमा फूर्वा लामा, अन्जु पाख्रिन, निमा घिसिङ, सोमे थोकर, सुमन थिङ, कुल बहादुर वल, कान्छीमाया वल, कृष्ण लोप्चन , चतुर थोकर र कुमारी मोक्तानलाई सवैले धन्यवाद व्यक्त गरे ।