रवि रोषी
जनसम्पर्क समिती दोहा कतारले यहि फेबु्रअरी ३ शुक्रवारको दिन दोहाको अल समाल गार्डेनमा बृहद बनभोज कार्यक्रम तथा मिलन समारोह कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली जनसम्पर्क समिती दोहा कतारले ३५ औँ मेलमिलाप समारोह सहित आयोजना गर्न लागेको उक्त कार्यक्रममा विविध मनोरञ्जनात्मक खेलकुदहरु लगायत नृत्य तथा अन्य कार्यक्रमहरु पनि रहने जानकारी व्यवस्थापन समितीका संयोजक विमल सुवेदीले बताए । ३५ औँ मेलमिलाप दिवसको अवसर पारेर गरिन लागेको सो कार्यक्रम विशुद्ध मनोरञ्जन प्रदान गर्ने भएको जानकारी गराउँदै निम्तालु सवैलाई उपस्थितीको लागि आग्रह गर्दछौँ – बनभोज कार्यक्रम तथा ३५ औँ मेलमिलाप दिवसको उपसंयोजक राजेशदर्शन अर्यालले थप जानकारी गराए ।